• शनिबार, साउन २३ २०८३

विद्यालयको गेटले च्याप्दा एक छात्राको मृत्यु


मंगलबार, फाल्गुन ११ २०७७
720
Shares

नवलपरासी । कावासोती नगरपालिका–५ स्थित कालिका माविको गेटमा च्यापिएर एक विद्यार्थीको मृत्यु भएको छ ।

जिल्ला प्रहरीका डिएसपी दिलिप गिरीका अनुसार मंगलबार विद्यालयमा गेट पल्टिएर च्याप्दा कक्षा ३ मा पढ्ने ९ वर्षकी गमित्रा सिंजालीको घटनास्थलमै मृत्यु भएको हो ।

अर्का छात्र किस्मत ढकाल सामान्य घाइते भएका छन् । स्कुलको गेट जिर्ण रहेका कारण पल्टिएको प्रहरीको भनाइ छ । गेट के कारणले पल्टिएको हो भन्ने बारेमा प्रहरीले बिस्तृत अनुसन्धान थालेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार