• मंगलबार, साउन १२ २०८३

थप ११० जनामा कोरोना पुष्टि, चारको मृत्यु


मंगलबार, फाल्गुन ११ २०७७
660
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय १० जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३ हजार २ सय १८ मा कोरोना परीक्षण गर्दा १ सय १० जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ६ सय ६६ पुगेको छ।

पछिल्लो २४ घन्टामा १०२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६८ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार