• बिहिबार, असोज १५ २०८३

मदिरा सेवन गरी श्रीमानले गरे श्रीमतीको हत्या


मंगलबार, फाल्गुन ११ २०७७
615
Shares

काठमाडौं । दमकस्थित भुटानी शरणार्थी शिविरमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

इलाका प्रहरी कार्यालय दमकका अनुसार वडा नम्बर ३ स्थित बेलडाँगी शिविरमा मंगलबार बिहान श्रीमानले श्रीमतीको हत्या गरेका हुन्।

सेक्टर डी ४ छाप्रा नम्बर ३९ बस्ने ५५ वर्षीय सरे राईले ४९ वर्षीया श्रीमती विष्णुमाया तामाङलाई कुटपिट गरी हत्या गरेका हुन्।

मादक पदार्थ सेवन गरी राईले श्रीमतीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लाथि दमक अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।

दमक नगरपालिका२ मा लुकिछिपी बसिरहेका राईलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार