• बिहिबार, असोज १५ २०८३

पहाडी भू—भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना


मंगलबार, फाल्गुन ११ २०७७
525
Shares

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले देशको आधिकांश भू—भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ।

प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू—भागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

‘उक्त प्रणालीको प्रभाव भोलि बेलुकासम्म रहने छ। ठूलो पानी पर्ने सम्भावना भने छैन’, उनले भनिन्।

हाल देशका केही पहाडी भू—भागमा आंशिक बदली रही अन्य भू—भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस रहेको छ।

आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार