• शनिबार, साउन २३ २०८३

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


मंगलबार, फाल्गुन ११ २०७७
625
Shares

पर्वत । जिल्लाको जलजला गाउँपालिका–८ खनियाँघाटमा ध१प ८९५८ नंको मोटरसाइकल दुर्घटना हुँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार साँघुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी बागलुङ नगरपालिका–२ का ३७ वर्षीय बाबुराम केसीको मृत्यु भएको छ ।

दुर्घटनामा परेका केसीको तत्काल उद्धार गरी प्रहरीले बागलुङ अस्पतालमा पुर्याएको थियो ।

अस्पतालले केसीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिषकुमार श्रेष्ठले जानकारी दिए । मोटरसाइकल सडकबाट अन्दाजी २२ मिटर तलको खोँचमा खसेको प्रहरीले जनाएको छ ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार