• शनिबार, साउन २३ २०८३

ट्राफिक चेकिङमा परेकी महिलाको बसको ठक्करबाट मृत्यु


सोमबार, फाल्गुन १० २०७७
650
Shares

काठमाडौं । बसले ठक्कर दिँदा जावलाखेलमा एक महिलाको मृत्यु भएको छ।

सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए।

बा २ ख ३५७४ नम्बरको बसले प्र ३— ०२०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको उनले बताए।

स्कुटर चालक अन्दाजी ३३र३४ वर्षीया महिला हुन्। उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले जानकारी दिइन्।

दुर्घटना हुनेबेलामा जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो।

चेकिङको क्रममा स्कुटर भाग्न खोज्दा पछाडिबाट बसले ठक्कर दिएको बज्राचार्यले बताइन्।

उनको साथबाट पर्सलगायत केही पनि सामान नभेटिएको प्रहरीले जनाएको छ । छैन। लाइसेन्स नहुँदा भाग्न खोज्दा पछाडिबाट गाडीले हान्दियो प्रहरीको भनाइ छ ।

यसरी चेकिङकै समयमा दुर्घटना भएपछि परिसर विरोध भएको थियो। ट्राफिकको पनि यसमा गल्ती भएको भन्दै केही मानिसहरूले विरोध गरेका थिए।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार