• मंगलबार, साउन १२ २०८३

औषधी ब्यवसायी संघ गोरखा शाखालाई प्रदेशको सम्मान


सोमबार, फाल्गुन १० २०७७
835
Shares

गोरखा । नेपाल औषधी ब्यवसायी संघ गोरखा शाखा सम्मानित भएको छ ।

संघको गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनका अवसरमा गोरखा शाखालाई सम्मान गरिएको हो ।

कोरोना भाइरस, लकडाउन लगायत असहज परिस्थितीमा समेत औषधी ब्यवसायी संघमा रहि अनवरत रुपमा सेवा गरेको भन्दै गोरखा शाखालाई सम्मान गरिएको संघका प्रदेश अध्यक्ष रामबहादुर केसीले बताए ।

संघका केन्द्रिय अध्यक्ष मुगेन्द्र मेहर श्रेष्ठको उपस्थितीमा प्रदेश कमिटीले गोरखा जिल्ला अध्यक्ष संगबबाबु श्रेष्ठलाइ सो सम्मान पत्र हस्तान्तरण गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार