• शनिबार, साउन २३ २०८३

गायक रामकृष्ण ढकालको स्वरमा ‘मान्छे किन जन्मन्छ ?’ (भिडियोसहित)


सोमबार, फाल्गुन १० २०७७
1K
Shares

काठमाडौं । गायक रामकृष्ण ढकालको स्वरमा ‘मान्छे किन जन्मन्छ ?’ बोलको गीत सार्वजनिक भएको छ। फिल्म निर्देशक मनोज पण्डितद्वारा रचिएको गीत संगीतकार चक्रपाणि तिमल्सिनाले संगीतबद्ध गरेका हुन्।

अल थ्री मोटिभ स्टुडियोको ब्यानरमा तयार भएको म्युजिक भिडियोको निर्देशन चलचित्र निर्देशक मनोज पण्डित आफैंले गरेका हुन्। गोविन्द मधुर आचार्यले गीतमा संगीत संयोजन गरेका छन्। अकस्टिक नेपाल, नक्सालमा रेकर्डिङ भएको गीतका रेकर्डिस्ट राजाबाबु चौधरी हुन्। यसमा ध्वनि सम्पादन तथा मास्टरिङ साउण्ड इन्जिनियर प्रकाश मिश्रले गरेका छन्।

भिडियो सम्पादन सन्तोष दवाडीले गरेका छन् भने कलरिङ्ग पदम तिमल्सिनाले गरेका हुन्। क्यामरामा प्रकाश गोपाली रहेका छन्।

गीत संगीतकार चक्रपाणि तिमल्सिनाको आफ्नै युटुयुब च्यानलबाट सार्वजनिक भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार