• बिहिबार, असोज १५ २०८३

चीनले एकैपटक कोरोनाका १६ खोपलाई परीक्षणको लागि दिइयो अनुमति


सोमबार, फाल्गुन १० २०७७
645
Shares


काठमाडौं । चीनले स्वदेशमा निर्मित कोरोनाविरुद्धका १६ खोपलाई एएकैपटक मानव परीक्षणको लागि अनुमति दिएको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले दिएको जानकारी अनुसार शनिबार चीनका औषधि नियामक संस्थाले १६ खोपलाई मानव परीक्षणको लागि अनुमति दिएको हो।

चीनको नेसनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेसनका अनुसार मानवमा परीक्षणको स्वीकृति पाएको ती खोपहरु तेस्रो चरणको परीक्षणमा प्रवेश गरेका छन्।

चीनमा निर्मित हालसम्म दुई खोपले मात्र आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ।

सिनोफार्मको खोपले डिसेम्बर ३० मा प्रयोगको लागि अनुमति पाएको थियो भने सिनोभ्याक बायाटेकको खोपले यसैवर्षको फेब्रुअरी ५ मा प्रयोगको लागि अनुमति पाएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार