http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ। आइतबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ।
यसैबीच चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ ।
आइतबार तोलामा १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार रु ५ बढेर तोलामा १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।