काठमाडौं । करेन्ट लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ।
भीमदत्त नगरपालिका–३ नौलाखेतमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लाग्दा ४५ वर्षीया मानती धामीको मृत्यु भएको हो।
भान्सा कोठामा पानी तताउने क्रममा करेन्ट लागेर बेहोस भएकी धामीको उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।