• शनिबार, साउन २३ २०८३

लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ


आइतबार, फाल्गुन ९ २०७७
680
Shares

काठमाडौं । भक्तपुरबाट लागूऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बेतियास्थित सिक्टा—१० बस्ने ४७ वर्षीय आनन्दराम चमार रहेका छन् ।

भक्तपुर नगरपालिका—१ स्थित डा. इवामुरा अस्पताल अगाडिको सडकखण्डबाट आइतबार बिहान उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

शंकास्पद अवस्थामा सडकमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ३ सय थान डाइजोपाम, ३ सय थान नोर्फिन र ३ सय थान फेनेरागन बरामद भएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार