चालकको लापरवाहीका कारण गोरखाको १२ किलोमा आइतबार दिउँसो बस दुर्घटनमा परेको छ ।
यात्रु लिएर गोरखा बजारबाट नारायणगढ तर्फ जादै गरेको ना १ ख ४१०४ नम्बरको बस १२ किलो चोकमै एक्कासी दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ७ जना यात्रु घाइते भएका छन् ।

उनिहरुमध्ये एक १ बालक गम्भिर घाइते भएकाले थप उपचारका लागि चितवनको भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए । उनको दाँया हातमा गम्भिर चोट जिल्ला अस्पतालले जनाएको छ ।
घाइतेमध्ये अन्य ६ जनाको भने जिल्ला अस्पताल गोरखामा उपचारपछि डिस्चार्ज गरिएको बताइएको छ ।

गोरखा नगरपालिका ११ को १२ किलोमा आइतबार दिउँसो चालकले बस स्टार्टमै राखेर यात्रु खोज्न हिडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । सडक ओरालो भएको र बस समेत स्टार्टमै भएकाले अनियन्त्रित भई एक्कासी गुडेको हुन सक्ने एसपी गुरुङले बताए ।
चालकविना बस गुड्न थालेपछि बसभित्र रहेका केहि यात्रु भने ढोका र झ्यालबाट फलालेका थिए ।
त्यस्तै आँबुखैरेनीतर्फबाट आइरहेको एउटा मोटरसाइकललाई भने बसले सामान्य ठक्कर दिएपनि ठूलो दुर्घटना टरेको दृष्य १२ किलोचोकमै रहेको सिसिक्यामेरामा कैद भएको छ । बस सडकबाट करिब १० मिटर तल गएर पल्टिएको थियो ।
घटनामा दोषी रहेको आरोपमा प्रहरीले चालकलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ ।
भिडियाे हेर्न तलकाे लिङ्कमा क्लिक गर्नुहाेस
https://www.facebook.com/honest.ramesh/videos/3544630128967963/?app=fbl