• शनिबार, साउन २३ २०८३

अपहरणमा परेका बालकको ७ घन्टामै उद्धार, बुवा र मामा पक्राउ


आइतबार, फाल्गुन ९ २०७७
660
Shares

काठमाडौं । आफ्नै बुबा र मामा मिलेर अपहरण गरिएका बालकको ७ घण्टाभित्रै सकुशल उद्धार गरिएको छ।

धनुषा जिल्लाको नगइराइन नगरपालिका६ निवासी रमेश दासका ७ वर्षीय छोरालाई प्रहरीले सकुशल उद्धार गरेको हो। प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको नेतृत्वमा खटेको टोलीले उद्धार गरेको हो।

अपहरण आरोपमा बालकका बुबा रमेश र दुई मामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हिजो शनिबार दिउँसो १ बजेबाट घरबाटै अपहरणमा परेका बालकलाई राति ८ बजे जनकपुरस्थित माछा बजारबाट सकुशल उद्धार गरिएको प्रदेश २ का प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए।

शनिवार दिउँसोबाट बेपत्ता बालक साढे चार बजेसम्म सम्पर्कमा नआएपछि उनको खोजी सुरू गरिएको थियो। त्यसको केही समयमै चन्दनकी आमाको मोबाइलमा अपिरिचित नम्बरबाट उनका छोराको अपहरण गरिएको भनी फोन आएको थियो।

फोन गर्ने व्यक्तिले छोरा सकुशल चाहिने भए आफूले मागेजति रकम दिनु पर्ने सर्त राखेका थिए। अपहरणकारीले फिरौतीमा एक करोड रुपैयाँ मागेका थिए।

रमेशले आफ्ना बुबा हरिचनसँग रकम असुल्न आफ्नै छोरा अपहरणको नाटक गरेको आशंका भए पनि घटना रहस्यमय देखिएको डीआईजी सिंहले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार