• बिहिबार, असोज १५ २०८३

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


आइतबार, फाल्गुन ९ २०७७
670
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ८ सयले बढेको छ।

आइतबार छापावाला सुन तोलामा ८ सयले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

तेजाबी सुन शुक्रबार तोलामा रु ८७ हजार ७५० मा कारोवार भएकामा आज रु ८८ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

चाँदी तोलामा रु एक हजार ३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। तोलामा रु एक हजार ३०५ मा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा रु २५ ले वृद्धि भएको हो। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार