काठमाडौं । गायिका रानी शाक्यको नयाँ गीत ‘सुनसान मन’सार्वजनिक भएको छ ।
वर्तमान अवस्थाको चित्रण गरिएको गीतमा राजेश शाक्यको शब्द ओम कर्माचार्यको संगीत रहेको छ। गीतमा रानीको एकल स्वर रहेको छ।
यो गीतको भिडियोमा नायिका केकी अधिकारीको अभिनय रहेको छ। म्युजिक भिडियोको निर्देशन चर्चित चलचित्र निर्देशन मदन घिमिरेले गरेका छन्।
काठमाडौँ, धुलिखेल, दोलालघाट र जेरोकिलोमा सुटिङ गरिएको यस भिडियोको छायाँकन रामेश्वर हुमागाईं र सम्पादन प्रेम शर्मा पौडेलले गरेका छन्।
हेरौँ भिडिओ