• शनिबार, साउन २३ २०८३

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु


आइतबार, फाल्गुन ९ २०७७
505
Shares

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका—४ मा ट्रकको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक उर्लाबारी नगरपालिका ८ सिसौलीका २३ वर्षी प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेका छन् ।

को ३१ प ५१ नम्बरको स्कुटरलाई प्रदेश १, ०१—००१ क १० ३५ नम्बरको ट्रकले हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधनसहित ट्रक चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार