• शनिबार, साउन २३ २०८३

उद्योग बाणिज्य संघ आरुघाट इकाईमा श्रेष्ठ


शनिबार, फाल्गुन ८ २०७७
1.1K
Shares

गोरखा उद्योग बाणिज्य संघ आरुघाट इकाईको अध्यक्षमा टिका नारायण श्रेष्ठ चयन भएका छन् । शनिबार भएको इकाईको सातौ अधिवेशनले श्रेष्ठलाई सर्वसमत अध्यक्षमा चयन गरेको हो । इकाईका अध्यक्ष विश्वकुमार श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनले बरिष्ठ उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ चयन गरेको छ ।

त्यस्तै इकाईको उपाध्यक्षमा कृति श्रेष्ठ, सचिवमा उत्तम कुमार श्रेष्ठ, कोषाध्यक्षमा लेखनाथ लामिछाने र सहसचिवमा अर्चना अधिकारीलाई सर्वसमत चयन भएको गोरखा उद्योग बाणिज्य संघ गोरखाका उपाध्यक्ष भगवानबाबु मास्केले जानकारी दिए ।

अधिवेशनले महिला सदस्यमा मुना श्रेष्ठ, सदस्यहरुमा बिरबहादुर बुढाथोकी, विशाल लामिछाने, हिमबहादुर गुरुङ, रेशम दाहाल र सुजन श्रेष्ठ चयन भएका छन् । अधिवेशनमा इकाईको कार्यप्रगती प्रतिवेदन तत्कालिन सहसचिव गणेश कुमार श्रेष्ठ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृति श्रेष्ठले प्रस्तुत गरेका थिए ।

आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ, निवर्तमान अध्यक्ष एवं संघका गण्डकी प्रदेश कोषाध्यक्ष श्रवण कुमार जोशी लगायतले बोलेका थिए ।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, उपाध्यक्ष भगवानबाबु मास्के, महासचिव राजुुबाबु श्रेष्ठ, सदस्य गोविन्द बहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार