मालपोत कार्यालय बारामा प्रमुख (नायब सुब्बा) मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाल ६ लाख घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले कार्यालय प्रमुख खनाल र बडाललाई ६ लाख रुपैयाँ घुस रकमसहित शुक्रबार जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित जर्गा होटलबाट नियन्त्रणमा लिएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शनिबार प्रेस एक विज्ञप्ति जारी गर्दै खनाल र बडाललाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।
अख्तियारका अनुसार खनाल र बडालले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भन्दै फुकुवा गराउने प्रक्रिया मिलाएबापत घुस रकम मागेका थिए।