जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गोरखाको बैठक सम्पन्न भएको छ । बैठकमा आगामी दिनमा जिल्ला भित्र गर्ने विभिन्न सचेतना मुलक कार्यक्रमको बिषयमा छलफल भएको संयोजक सुरेन्द्रबहादुर गुरुङ्गले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमा भएकोे बैठकले आगामी केही दिन भित्रै जिल्लाको सबै स्थानिय तहमा सञ्जाल निर्माण गर्ने निर्णय गरेको छ । त्यसको लागि स्थानिय तहका प्रमुखहरुसँग समन्वयात्मक बैठक गर्ने निर्णय समेत गरिएको सञ्जालका कोषाध्यक्ष साबित्री भट्टले जानकारी दिइन् ।
बैठकले आगामी फागुन २४ गते गोरखाको घ्याम्पेशाल बजारमा युवा बिद्यार्थीहरुलाई सचेतना मुलक कार्यक्रम गर्ने समेत निर्णय भएको समितिले जनाएको छ ।