गोरखा । जिल्लामा घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले गोरखा नगरपालिका वडा नम्बर ८ मा उत्पादन भएको घरेलु मदिरा जफद गरी नष्ट गरेको हो । मदिरा बनाउन प्रयोग हुने विभिन्न किसिमको कच्चा पदार्थ समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बरामद गरिएको घरेलु मदिरा र तयारी अबस्थामा राखिएको कच्चा पदार्थलाई प्रहरी कार्यालय परिसर भित्र नष्ट गरिएको छ । प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङ्गका अनुसार रानीबनका एक घरबाट ७०० लिटर रक्सी बनाउने पदार्थ र तयारी अवस्थाको ७५ लिटर.रक्सी बरामद गरिएको थियो । स
स्थानीय टोल सुधार समिति र सामुदायीक सेवा केन्द्रको समन्वयमा उक्त रक्सी बरामद गरिएको प्रहरीले जनाएको छ । सो क्रममा अबैद्य मदिरा बनाउनले एक महिला र उनी बस्ने घरका घरबेटीलाई समेत प्रहरीले नियन्त्रणमा लिइको थियो । उनीहरुलाई सम्झाई बुझाई छोडिएको छ ।
नेपालको कानून अनुसार घरेलु रुपमा मदिरा बनाएर बेचबिखन गर्न पाइदैन । तर विभिन्न जातजातीको सामाजिक साँस्कृतिक मान्यता अनुसार सगुनको रुपमा घरायासी मदिरालाई प्रयोग गर्ने गरिएको छ । उक्त प्रयोजनको लागि भने मदिरा बनाउन पाउनु पर्ने सरोकारवालाहरुले माग गर्दै आइरहेका छन् ।