• शनिबार, साउन २३ २०८३

गोरखामा बाेलेराे जीप दुर्घटना हुदा एकको मृत्यू, नाै घाइते


बुधबार, फाल्गुन ५ २०७७
810
Shares

गोरखा । बुधबार साँझ गोरखामा जीप दुर्घटना भएकाे छ । शहीद लखन गाउँपालिका वडा नं. ३ ज्याब्रुङपाखामा भएको जीप दुर्घटनामा एकको मृत्यू भएको हाे ।

तनहुँकाे आँबुखैरेनीबाट गोरखाकाे मनकामनातर्फ जाँदै गरेको ग १ च ८७९२ नम्बरको बोलेरो जीप दुर्घटना हुदा करिब ३३ बर्षका तोपनारायण श्रेष्ठको मृत्यू भएको बताइएकाे छ । मृतक शहिद लखन ३ हुन ।

दुर्घटनामा परी अन्य नाै जना सामान्य घाइते रहेकाे गोरखाका एसपी सुरेन्द्र गुरुङ्गले बताए । उनिहरुकाे आबुखैरेनीकाे छिम्केश्वरी अस्पतालमा उपचार भइरहेकाे उनले सिभिलखबरलाई बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार