• बिहिबार, असोज १५ २०८३

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला


मंगलबार, फाल्गुन ४ २०७७
825
Shares

चितवन राष्ट्रिय निकुञ्जमा आज एक गैँडा मृत फेला परेको छ।

नवलपरासीको गैँडाकोट नगरपालिकास्थित गिद्धेनी पोष्ट नजिक मृत गैँडा फेला परेको हो। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार करिब ३० वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको छ।

गैँडाको खागखुर भने सुरक्षित रहेको उनले जानकारी दिए। गैँडा बुढो भएर मरेको अनुमान गरिएको उनले बताए।

निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैँडा मरेका छन्। तीमध्ये चार वटा चोरी शिकारले मारेका हुन् भने अन्य प्राकृतिक कारणबाट मरेका हुन्।

पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैँडा छन् तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ गैँडा छन्। यस वर्ष गैँडाको गणना गर्ने तयारी गरिएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार