• शनिबार, साउन २३ २०८३

सपना मगरविरुद्ध अश्लील अभिव्यक्ति दिने विनयजंग पक्राउ


मंगलबार, फाल्गुन ४ २०७७
775
Shares

प्रहरीले विनयजंग बस्नेतलाई पक्राउ गरेको छ।

सपना रोक्का मगरले दिएको जाहेरीका आधारमा विनयलाई मंगलबार साँझ काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए।

आफूविरुद्ध अश्लील अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले परिसरमा फागुन २ गते जाहेरी दिएकी थिइन्।

 पक्राउ परेका बस्नेतलाई अहिले परिसरमा ल्याउँदै गरेको एसएसपी सिंहले बताए।

बेवारिसे शव व्यवस्थापनमा काम गरेकै कारण सपना बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार