• शनिबार, साउन २३ २०८३

आगामी निर्वाचनका लागि गोरखामा मतदान स्थल र केन्द्र थपिने


मंगलबार, फाल्गुन ४ २०७७
465
Shares

गोरखा । अब हुने निर्वाचनमा जिल्लाका केही मतदान स्थल र केन्द्र थपिने देखिएको छ । जिल्ला निर्वाचन कार्यालय गोरखाले दिएको जानकारी अनुसार तीन वटा मतदान स्थल र १२ वटा केन्द्र हेरफेरका लागि प्रस्ताब भएका छन् ।

यस अघि जिल्लामा २१३ मतदान स्थल र २८२ मतदान केन्द्र थिए । अब बढेर ११६ मतदान स्थल र २९४ केन्द्र कायम हुन सक्ने देखिएको छ । ‘मतदान स्थल त हामीले पठाए अनुसार नै थपिन्छ’ निर्वाचन अधिकारी कोइरालाले भने, ‘तर मतदाताको संख्या केही घट्ने देखिएकाले केन्द्र भने प्रस्ताब गरिएको सबै नहुन सक्छ । केही घटेर आउने सम्भावना देखिन्छ ।’

मतदातालाई पायक नपर्ने, सुरक्षा संवदनशिलता, भौगोलिक विकटता आदि आधार मानेर मतदान स्थल र केन्द्र थपघट गर्नु पर्ने जिल्लाका सरोकारवालाहरुले निष्कर्ष निकालेका थिए । सोही विवरण निर्वाचन आयोगमा पठाइएको छ । उक्त निर्णय आयोगले अनुमोदन गर्छ की गर्दैन त्यो चाहीँ हेर्न बाँकी छ ।

सरकारले आउँदो बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी गरिहेको छ । अधिकाशं दलहरु निर्वाचनको बिरोधमा रहेकाले हुने नहुनेमा भने आशंका कामयमै छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं। २ को पालुङटार नगरपालिकामा ३१ हजार एकसय ३२ जना मतदाता रहेका छन् । सिरानचोक गाउँपालिकामा २० हजार तीनसय छ जना, अजीरकोट गाउँपालिकामा १२ हजार ७८ जना र बारपाक सुलीकोट गाउँपालिकामा १९ हजार आठसय ८९ जना मतदाता रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार