• शनिबार, साउन २३ २०८३

गोरखामा ट्राफिक प्रहरीद्धारा चालकलाई सडकमै प्रशिक्षण


मंगलबार, फाल्गुन ४ २०७७
645
Shares

गोरखा । सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्लामा सचेतनामुलक कार्यक्रम थालिएको छ । दुई पाङ्ग्रे सवारी (मोटरसाइकल) साधनलाई लक्षित गरी सोमबारबाट सडकमै प्रशिक्षण थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको सहयोग तथा प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडाको आयोजनामा ‘दुई पाङ्ग्रे सवारीका चालकलाई सप्ताहब्यापी सडक प्रशिक्षण’ सुरु भएको हो ।जिल्ला प्रहरी कार्यालय गोरखा र सामुदायिक सेवा केन्द्र गोरखाको सह आयोजनामा भएको उक्त कार्यक्रमका प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले १ जना सवारी चालकलाई हेल्मेट लगाइदिएर कार्यक्रमको उदघाटन गरेका थिए । अरु सवारीको तुलनामा मोटरसाइल बढी जोखिम पूर्ण हुने बताउदै उनले सडक र सवारीको अवस्था अनुसार मात्र चलाउन चालकहरुलाई आग्रह गरेका छन् । दुर्घटना हुनुमा सवारी धनीका साथै चालक र पैदलयात्रुको पनि भूमिका हुने भएकाले सबैले ट्राफिक नियम पालना गर्नु पर्ने बताए ।

साताब्यापी कार्यक्रम अन्तरर्गत सोबार गोरखा बसपार्कमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङ्ग, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकाल, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जिवनज्योती श्रेष्ठ, पृथ्वी यातायात कम्पनी प्रालिका सदस्य विपिनचन्द्र ढकाल, मनकामना ट्याक्सी प्रालि गोरखाका अध्यक्ष जिवन खड्का र सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष कैलासबावु श्रेष्ठले शुभकामना मनतब्य राखेका थिए ।

आगामी आईतबार अर्थात फागुन ६ गते सम्म जिल्लाको विभिन्न स्थानमा कार्यक्रम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिलो दिन १५० भन्दा बढी दुई पांग्रे सवारी चालकलाई प्रशिक्षण गराईएको ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार