• बिहिबार, असोज १५ २०८३

कोरोनाको खोप लगाएकै कारण विदेशमन्त्रीले दिनुपर्‍यो राजीनामा


सोमबार, फाल्गुन ३ २०७७
965
Shares


काठमाडौं । पेरुकी विदेशमन्त्री एलिजाबेथ एस्टेटे रोड्रिग्वेजले कोरोनाविरुद्धको खोप लगाएकै कारण राजीनामा दिनुपरेको छ।

देशमा कोरोनाविरुद्धको सरकारी खोप अभियान सन्चालन हुनुपूर्व नै उनले कोरोनाको खोप लगाएपछि पदबाट राजीनामा दिनुपरेको बीबीसीले जनाएको छ।

देशमा कोरोनाविरुद्ध लड्ने पहिलोपंक्तिका कर्मचारी डाक्टर, नर्स, प्रहरी, सफाइ कर्मचारीले भन्दा सुरुमै एलिजाबेथले खोप लगाएपछि उनको आलोचना भएको थियो।

उनले आइतबार आफूले सरकारी खोप अभियान सुरुवात हुन पहिल्यै कोरोना खोप लगाएको स्वीकार गरेकी छिन्।

उनले चीनको सिनोफार्मको खोप लगाएकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार