http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै सोमबार चाँदीको १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।