• बिहिबार, असोज १५ २०८३

ट्रक पल्टिँदा १६ मजदुरको मृत्यु


सोमबार, फाल्गुन ३ २०७७
690
Shares

एजेन्सी । ट्रक पल्टिँदा भारतको महाराष्ट्रमा १६ जना मजदुरको मृत्यु भएको छ। जालगाउँ जिल्लामा भएको दुर्घटनामा परी मृत्यु हुनेमा अभोदा, केरहाला र राभेरका मजदुर रहेको बताइएको छ।

मजदुरहरू मेवा बोकेको ट्रकमा चढेका थिए। किनगाउँको मन्दिरनजिकै आइतबार मध्यरातमा ट्रक पल्टिएको हो।

दुर्घटनामा पाँच मजदुरहरू बाँचेका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार