• शनिबार, साउन २३ २०८३

शहिद लखन थापाको सम्झनामा प्रवेशद्धार, गाउँपालिका अध्यक्ष थापाले गरे उद्घाटन


सोमबार, फाल्गुन ३ २०७७
1.3K
Shares

गोरखा । शहिद लखन गाउँपालिकाले प्रवेशद्धार निर्माण गरेको छ । गोरखा नगरपालिकाबाट शहिद लखन गाउँपालिका प्रवेश गर्ने वडा नम्बर ७ को ढुङ्गागाडे भञ्ज्याङमा गेट निर्माण गरिएको छ ।

१९ लाख ५० हजार लागतमा निर्माण गरिएको प्रवेशद्धार आइतबार एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले प्रवेशद्धारको उद्घाटन गरेका हुन् ।

प्रबेशद्धारको उच्च भागमा दायाँ र बायाँ भागमा प्रथम शहिद लखन थापाको अर्धकदको शालिक र मनकामना मन्दिरको प्रतिमूर्ती बनाइएको छ । उक्त गेटले शहिद लखन गाउँपालिकाको चिनारीलाई झल्काउने विश्वास लिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार