• शनिबार, साउन २३ २०८३

लखन थापाको स्मृती दिवशमा १२ शहिद परिवार र २० किसानलाई सम्मान


सोमबार, फाल्गुन ३ २०७७
715
Shares

गोरखा । नेपालका प्रथम शहिद लखन थापा र उनका सहयोगी जैसिंह चुमी मगरको १४५ औं स्मृति दिवश विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपालमा जहानियाँ राणा शासन अन्त्य देखि २०६२/०६३ को जनआन्दोलन सम्मका १२ जना शहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ । जसमध्ये २ जना जैसिंह चुमी मगरका सन्नती रहेका छन् । १० वर्षे शसस्त्र द्धोन्द्धका क्रममा वेपत्ता भएका २ जनाको परिवारलाई सम्मान गरिएको शहिद लखन गाउँपालिकाले जनाएको छ ।

लखन थापा र जैसिंह चुमी मगरको समाधी स्थल बुंकोटको काउले भंगारमा कार्यक्रम गरी शहिदहरुको योगदानको चर्चा समेत गरिएको थियो । वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत, जीवन आले मगर, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष कृष्णबहादुर आले, वडा नम्बर ८ का अध्यक्ष काशिनाथ अम्गाई लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ताहरुले शहिद थापाको शालिकमा माल्र्यापण गर्नुका साथै उनको योगदानको चर्चा गरेका थिए । सोही अबसरमा लखन थापा कालिन पानी पोखरी पुर्ननिर्माणको लागि शिलन्यास समेत गरिएको छ ।

शहिद लखन गाउँपालिकाले २० जना कृषकहरुलाई सम्मान समेत गरेको छ । वडा नम्बर ३ का कुमानसिंह मगर सर्वोकृष्ट पशुपालक कृषक घोषित भएका छन् । २३ वटा उन्नत जातको भैसी पालेर दुग्ध व्यवसाय गर्दै आएका उनले वार्षिक २९ लाख भन्दा बढि आम्दानी गर्ने गरेका छन् ।

यसैगरी वडा नम्बर ४ का माधवप्रसाद खनालले सर्वोकृष्ट व्यवसायीक कृषकको पुरस्कार जितेका छन् । २२ रोपनी क्षेत्रफलमा व्यवसायीक केरा खेति गर्दै आएका खनालले गत वर्ष मात्र ९ लाख ५० हजार आम्दानी गर्न सफल भएका थिए ।

उनीहरु दुबै जनालाई जनही ११ हजार ५०० रुपैयाँले पुरस्कृत गरिएको कार्यक्रम सञ्चालक मोहन बिष्टले जानकारी दिए । यसैगरी ९ वटै वडाका उत्कृष्ट पशुपालक र व्यवसायीक खेतिपाती गर्ने १÷१ जनालाई पनि पुरस्कृत गरिएको छ । सोही अनुरुप १८ जना कृषकले जनही ९ हजार पुरस्कार पाएका छन् । कार्यक्रमको अबसरमा वडा नम्बर ७ र ८ स्थानीयले सांस्कृतिक झाकी समेत प्रस्तुत गरेका थिए ।

यसैवीच शहिद लखन थापाको बारेमा बक्तृकलामा प्रतियोगिता समेत भएको छ । प्रतियोगितामा जनशक्ति माविका अबृन्द गोतामे प्रथम, शहिद स्मृती माविका प्रशन्न भण्डारी दोश्रो, रामेश्वरी माविका प्रशिद्ध खड्का तेश्रो र मनकामना माविका सन्ध्या थापा मगर सान्तोना भएका छन् ।

उनीहरुले क्रमश ७, ५, ३ र १ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र पाएका छन् । शहिद दिवशकै अवसरमा आधारभुत तह स्तरीय चित्रकला प्रतियोगिता पनि भएको थियो । उक्त प्रतियोगिताका बिजेतालाई पनि नगद पुरस्कारले पुरस्कृत आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार