• बिहिबार, असोज १५ २०८३

भालुको पित्तसहित एक पक्राउ


आइतबार, फाल्गुन २ २०७७
595
Shares

काठमाडौं । भालुको पित्तसहित एक जना पक्राउ परेको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका—७ विष्णुमति चोकबाट महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका–२ घर भइ हाल बूढानीलकण्ठ नगरपालिका विष्णुमती चोक बस्ने ३२ वर्षीय विगुन राई रहेका छन्।

प्रहरीले राईलाई १०३ ग्राम भालुको पित्तसहित पक्राउ गरेको हो। उनले सो पित्त प्रतिग्राम २५ हजार रुपैयाँका दरले बेच्ने तयारी गरेको प्रहरीले जनाएको छ।

महाशाखाको विशेष टोलीले नियनत्रणमा लिएका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार