• बिहिबार, असोज १५ २०८३

अक्सफोर्ड–एस्ट्राजेनिकाको खोप बालबालिकामा परीक्षण गरिँदै


आइतबार, फाल्गुन २ २०७७
525
Shares

काठमाडौं । बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रुपमा निर्माण गरेको कोरोनाविरुद्धको खोप बालबालिकामा परीक्षण गरिने भएको छ।

यसै महिनाको अन्त्यदेखि सुरु हुने पहिलो चरणको परीक्षणमा ३ सय स्वयंसेवी बालबालिका सहभागी हुनेछन्।

६ देखि १७ वर्षका बालबालिकामा अक्सफोर्डको खोप कति प्रभावकारी रहेछ भनेर बुझ्नका लागि परीक्षण गर्न लागिएको बीबीसीले जनाएको छ।

यस खोपले बेलायतमा आपतकालीन प्रयोगका लागि स्वीकृति पाइसकेको छ।

बेलायतमा अक्सफोर्ड र एस्ट्राजेनिकको साथै फाइजर र बायोएनटेकको खोपले पनि स्वीकृति पाएको छ।

अक्सफोर्ड र एस्ट्राजेनिकाको खोप ७६ देखि ९२ प्रतिशत प्रभावकारी भएको बताइएको छ।

विश्व स्वास्थ्य संगठनले आफ्नो अनुसन्धानमा बालबालिका तथा युवाहरुमा कोरोना भाइरसले घातक असर नगर्ने बताएको थियो।

यद्यपी खोपको प्रयोगबाट यो उमेर समूहलाई कोरोनाविरुद्ध थप शक्ति प्रदान हुने अनुमान गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार