• शनिबार, साउन २३ २०८३

सपनाले दिइन् विनयजङ्गविरुद्ध जाहेरी, पक्राउ पुर्जी जारी गर्ने तयारी


आइतबार, फाल्गुन २ २०७७
505
Shares

काठमाडौं । विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोक्का मगरले विनयजङ्ग बस्नेतविरुद्ध जाहेरी दिएकी छन् ।

बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मगरले आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी हुन् ।

रोक्काको उजुरी दर्ता भैसकेको छ । प्रहरीले बस्नेतलाई पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार मुद्दा शाखामा अभद्र व्यवहारमा जाहेरी दर्ता भइसकेकाले बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने बताए ।

काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबुछोरीका रुपमा चिनाउँदै आएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार