• शनिबार, साउन २३ २०८३

तीर्थयात्री सवार बस र ट्रक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु


आइतबार, फाल्गुन २ २०७७
640
Shares

काठमाडौं । तीर्थयात्री सवार बस र ट्रक आपसमा ठोक्किँदा भारतको आन्ध्र प्रदेशमा १४ जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् ।

दुर्घटना कर्नुल जिल्लाको मदरपुर गाउँमा आइतबार बिहान चार बजेतिर भएको हो । दुर्घटनामा आठ महिला, चालकसहित पाँच पुरुष र एक बच्चाको मृत्यु भएको छ । यी सबै चित्तुर जिल्लाको मदनपल्ले भन्ने स्थानबाट अजमेर तीर्थयात्रामा जाँदै थिए ।

तीर्थयात्री सवार बस अनियन्त्रित हुँदै विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो ।

कर्नुल जिल्ला प्रहरीका अनुसार बसमा १८ जनामध्ये चारजना बच्चा बाँचेका छन् । उनीहरुमध्ये दुई जना बच्चाको अवस्था गम्भीर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार