• शनिबार, साउन २३ २०८३

मेसीको दुई गोलसँगै बार्सिलोनाको शानदार जित


आइतबार, फाल्गुन २ २०७७
515
Shares

काठमाडौं । कप्तान लिओनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा अलाभेजलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराति घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले अलाभेजलाई ५—१ ले पराजित गरेको हो । जितपछि बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाका लागि मेसीले खेलको पहिलो हाफको इन्जुरी टाइम र ७५औं मिनेटमा गोल गरे । यस्तै ट्रिनकाओले २९औं र ७४औं तथा जुनियर फिर्पोले ८०औं मिनेटमा गोल गरे ।

अलोभेजका लुइसले एक गोल फर्काए ।

जितपछि २२ खेलबाट ४६ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लेको हो । एक खेल कम खेलेको एट्लेटिको ५४ अंकसहित शीर्ष स्थानमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार