• मंगलबार, साउन १२ २०८३

दोस्रो खोप अभियान आजदेखि, गोरखामा को-को छन् प्राथमिकतामा ?


आइतबार, फाल्गुन २ २०७७
535
Shares

गोरखा । आज (आइतबार) देखि कोरोना भाइसरविरुद्ध पहिलो चरणको दोस्रो खोप अभियान सुरु हुँदैछ।

पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप दिन लागिएको बताइएकाे छ। यो अभियान फागुन ८ गतेसम्म गोरखा सहित देशका ७७ वटै जिल्लामा चल्नेछ।

यो अभियान अन्तर्गत स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, पत्रकार, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैकका कर्मचारीलाई खोप लगाइने छ।

सरकारले गएको १४ माघदेखि कोरोना विरुद्धको खोप अभियान सुरु गरेको हो। पहिलो चरणको अभियानमा सरकारले डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीलाई खोप दिएको थियो। अहिलेसम्म देशभरमा गरी करिब १ लाख ९० हजारले कोरोना भारसविरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलका अनुसार खोप लगाएकाहरुलाई अहिलेसम्म गम्भीर खालका स्वास्थ्य समस्या देखिएको छैन। तर, टाउको दुख्ने, ज्वरो आउने जस्ता सामान्य समस्या भने देखिएको छ।

हेर्नुस, गोरखामा काे काे छन प्राथमिकतामा ? उनिहरुले कहिले र कहाँ लगाउदैछन खाेप ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार