• मंगलबार, साउन १२ २०८३

थप १२७ जनामा कोरोना संक्रमण, १३६ निको भए


शुक्रबार, माघ ३० २०७७
675
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ सय २७ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५ सय ५७ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ७०७ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ स य३६ जना निको भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना निको हुनेको संख्या २ लाख ६८ हजार ७ सय ९६ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएसँगै अहिलेसम्म नेपालमा २ हजार ५४ कोरोना संक्रमितको निधन भएको मनत्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार