पोखरा । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्री पुन आइसोलेसन भर्ना भएकी छन् । मन्त्री पुनलाई रुघाखोकी र ज्वारो लगायतका समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा पीसीआर परिक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी मन्त्री पुनसँगै सामाजिक मन्त्रालयका सचिव बिनोद कुँवरलाइ समेत संक्रमण पुष्टि भएको छ । उनी पनि आइसोलेसनमा भर्ना भएका छन् । कोरोना पुष्टि भएपछि मन्त्री पुन र सचिव कुँवर प्रदेश सरकारले बनाएको गण्डकी प्रदेशको एकमात्र संक्रामक तथा सरुवा रोग अस्पताल सिसुवाको आइसोलेसनमा भर्ना भएका हुन् ।
कोरोना पुष्टि भएपछि अस्पमतालको आइसोलेसनमा भर्ना भएकी मन्त्री पुनको स्वास्थ्य सुधारोन्मुख रहेको सरुवा रोग अस्पतालका निर्देशक डा.विकास गौचनले जानकारी दिए । उनका अनुसार सचिव कुँवरको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सचिव कुँबर १ हप्तादेखि आइसोलेसनमा बस्दै आएका छन् ।