• शनिबार, साउन २३ २०८३

सुनको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?


शुक्रबार, माघ ३० २०७७
620
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ ।

बिहीबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ घटेर ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । महासंघले आजकालागि तेजावी सुनको कारोबार मूल्य ९० हजार ४ सय रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य पाँच रुपैयाँले बढेको छ । बिहीबार १ हजार ३ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ शुक्रबारका लागि १ हजार ३ सय २० रुपैयाँ कारोबार मूल्य कायम भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार