• शनिबार, साउन २३ २०८३

सिद्धार्थ र रश्मिकाले सुरु गरे ‘मिसन मज्नु’को छायांकन


शुक्रबार, माघ ३० २०७७
740
Shares

काठमाडौं । साउथ चलचित्रमा सफलता पाएपछि नायिका रश्मिका मन्दन्ना बलिउडका डेब्यू गर्दैछिन् । उनले चलचित्र ‘मिसन मज्नु’बाट बलिउडमा डेब्यू गर्न लागेकी हुन् ।

यो चलचित्रको छायांकन लखनउबाट सुरु गरिएको छ । यो चलचित्रमा रश्मिकाको साथमा बलिउड नायक सिद्धार्थ मल्होत्राले काम गरिरहेका छन् । सिद्धार्थले सामाजिक संजालमा तस्वीर शेयर गर्दै छायांकन सुरु भएको जानकारी दिएका हुन् ।

चलचित्र ‘डियर कमरेड’ युटुबमा सार्वजनिक भएपछि रश्मिकाको चर्चा विश्व बजारमा भएको थियो । यसपछि, उनलाई लिएर बलिउड चलचित्र बनाउन बलिउड निर्माता कस्सिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार