• शनिबार, साउन २३ २०८३

गोरखामा सवारी दुर्घटना हुदा एकको मृत्यु, एक घाइते


शुक्रबार, माघ ३० २०७७
595
Shares

बिहीबार गोरखामा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । गोरखा आँबुखैरेनी सडकको नौ किलो सडकखण्डमा बस र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा अजीरकोट गाउँपालिका ३ हंसपुरका ३२ बर्षका केशव दवाडीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपचारका लागि गोरखा अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको हो ।

गोरखातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०२–०२२ प ६४२२ नम्बरको मोटरसाइकल र गोरखाबाट चितवन जादै गरेको ग १ ख ४५२२ नम्बरको यात्रुबाहक बस दिउसो पौने तीनबजे ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।घाइतेमध्यका अर्का सिरानचोक गाउँपालिका ८ का १७ बर्षीय विशाल पन्तको चितवनमा उपचार भइरहेको छ । उनी मोटरसाइकल चालक हुन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार