• शनिबार, साउन २३ २०८३

सेभेन ए साइड फुटबलको उपाधी चाइनिज धारालाई


शुक्रबार, माघ ३० २०७७
710
Shares

गोरखा । सेभने ए साइड फुटबलको उपाधी फेमेली क्लब चाइनिज धाराले धाराले जितेको छ । जिल्ला सदरमुकामको खेलकुद मैदान हरमटारीमा बिहीबार भएको फाइनल खेलमा हरमटारी क्लबलाई २–० को गोल अन्तरले हराउदै चाइनिजधारा बिजयी भएको हो ।

प्रतियोगिताको उपाधि विजेता चाइनिज धारा फेमेली क्लबले ५० हजार नगद पुरस्कारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपबिजेता हरमटारी क्लबले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको आयोजक हरमटारी जुनियर क्लबले जनाएको छ । माघ २३ गतेदेखि शुरु भएको प्रतियोगीतामा २९ टिमको सहभागिता रहेको थियो ।

बिहीवार एक कार्यक्रमका बीच गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र आयोजक क्लबका अध्यक्ष मनोज गुरुङले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार