गोरखा । क्यानका सचिव जगनबहादुर गुरुङ्गले कोरोना माहामारीका कारण सूचना प्रविधि व्यवसाय धरासायी भएको बताएका छन् । कम्प्युटर एशोसियन नेपाल क्यान गोरखाको सातौ साधारण सभा उद्घाटन गर्दै उनले कोरोना महामारीले गर्दा व्यवसायीहरु पलायको अबस्थामा पुगेको दाबी गरेका छन् ।
अब प्रकोप बिस्तारै कम हुँदै गएकाले महासंघले सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी सूचना प्रविधि व्यवसायलाई अघि बढाउने उनको भनाई छ । साधारण सभाले सचिव बावुराम तिवारीको वार्षिक प्रगती प्रतिवदेन र कोषाध्यक्ष भत्तराम रानामगरले आर्थिक प्रतिवेदन पास गरेको छ ।
क्यान गोरखाका अध्यक्ष नोखबहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा क्यान गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डे, सचिव केशव भट्टराई, निवर्तमान केन्द्रीय सदस्य एवं क्यान गोरखाका संस्थापक अध्यक्ष अशोकबावु राना र संस्थापक एवं सल्लाहकार कैलासबावु श्रेष्ठले शुभ कामना मन्तब्य राखेका थिए ।