• आइतबार, भाद्र २१ २०८३

पिसिआर परीक्षण शुल्क घट्यो


बिहिबार, माघ २९ २०७७
815
Shares

काठमाडौं । सरकारले कोरोना भाइरसको परीक्षणको शुल्क घटाएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै परीक्षणको दर एक हजार गरेको जानकारी दिएको हो।

बुधबार आइसिएसका पदाधिकारीहरूसहित कोभिड—१९ रोगको रोकथाम तथा नियन्त्रणसम्बन्धी बसेको बैठकले परीक्षण शुल्क समायोजन गरेको हो।

‘अब उपरान्त सरकारी प्रयोगशालाहरूमा कोभिड—१९ पिसिआर परीक्षणको शुल्क समायोजन गरी प्रति परीक्षण १०००/— (एक हजार) निर्धारण गरिएको छ,’ उक्त विज्ञप्तिमा भनिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार