• शनिबार, साउन २३ २०८३

मौसम पूर्वानुमान : आज मौसम सफा, भोलिदेखि हिमपातको सम्भावना


बिहिबार, माघ २९ २०७७
605
Shares


काठमाडौं । नेपालमा फेरि पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशभर मौसम सामान्यतया सफा रहने बताएको छ ।

महाशाखाले बिहीबार बिहान ६ बजे प्रकाशन गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २९ गते बिहीबार
दिउँसो : बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ ३० गते शुक्रबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

फाल्गुन १ गते शनिबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार