काठमाडौं । नेपालमा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६७ मा पिसिआर गर्दा एक सय ३४ जनामा कोरोना पुष्टि भएको हो।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ३ सय ४९ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ सय १८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ५ सय ४९ पुगेको छ।
संक्रमणमुक्त हुने दर ९८.६ प्रतिशत पुगेको छ।