• शुक्रबार, असोज १६ २०८३

सुन भनेर ५५ लाखमा एक किलो पहेँलो धातु बेच्ने ६ पक्राउ


बुधबार, माघ २८ २०७७
515
Shares

काठमाडौं । काठमाडौंको ताहाचलमा सुन भनेर नक्कली धातु बेच्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

एक किलो पहेंलो धातुलाई सक्कली सुन भन्दै ५५ लाख लिएर ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले ६ जनालाई पक्राउ गरेको हो । महाशाखाको विशेष टोलीले खोजतलासका क्रममा उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रेका ३२ वर्षीय सन्तबहादुर लामा, नुवाकोटका ४५ वर्षीय ऋषमान घले, नुवाकोटकै ३५ वर्षीय जित भन्ने मेख तामाङ, झापाका ५३ वर्षीय पप्पु भन्ने अभयकुमार चौधरी, नुवाकोटका २० वर्षीय चन्द्र भन्ने जेरी तामाङ र नुवाकोटकै २६ वर्षीय राज तामाङ रहेका छन्।

पक्राउ परेका व्यक्तिबाट नगद नौ लाख ५० हजार, ठगीको रकमबाट किनेका दुई वटा मोटरसाइकल र मोबाइल पाँच थान प्रहरीले बरामद गरेको जनाएको छ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार