• शनिबार, साउन २३ २०८३

श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ


बुधबार, माघ २८ २०७७
490
Shares

पर्वत । जलजला गाउँपालिका ४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई पत्नीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । ३४ वर्षीया सन्तु जलारीको हत्या गरेको आरोपमा परियारलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

रामबहादुर आफैँले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा घरायसी झगडाको कारण श्रीमतीको हत्या गरेको भनी प्रहरी चौकी वारिबेनीमा जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घटनबारे अनुसन्धान भइरहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार