• शनिबार, साउन २३ २०८३

कहाँ गए दुई दिनदेखि क्याम्पस हिँडेका १७ वर्षीय किशोर ?


बुधबार, माघ २८ २०७७
545
Shares

तनहुँ । सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किएका तनहुँको व्यास नगरपालिका–४ सिमलटारका १७ वर्षीय ईश्वर क्षेत्री बेलुका घर फर्किएनन् ।

सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेलुका अबेरसम्म घर फर्किएनन् । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो । क्याम्पस जान हिँडेका उनी क्याम्पस पुगेनन् ।

घर नफर्किएपछि ईश्वरका दाजु सन्तोषले साथीभाइलाई सम्पर्क गरे । बिहान क्याम्पस पनि नगएको र साथीभाइको सम्पर्कमा पनि नरहेको पत्ता लागेपछि सन्तोषले भाइ हराएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा खबर गरे ।

सोमबार बिहानदेखि बेपत्ता भएका ईश्वरको बुधबार साँझसम्म केही पत्ता लाग्न नसकेको वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार बजार क्षेत्रको सिसिटिभी फुटेज हेर्दा पनि केही जानकारी प्राप्त नभएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले किशोरको खोजीकार्य तीव्र पारिएको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार